मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भोलिदेखि पवनकुमार सेठिया स्मृति क्रिकेट, आर्मी र रूपन्देही भिड्ने

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ पौष २०८२, शनिबार

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रयोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।

आयोजकले शनिबार भैरहवामा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ टीम बीच प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता अवधीभर ९० ओभरका एउटा, एकदिवसीय तीनवटा र टी–२० तीनवटा खेल हुनेछन् । मुलुकमै दुई टीमबीच यस्तो फम्र्याटमा पहिलोपटक क्रिकेट हुन लागेको हो ।

प्रतियोगिता संयोजक प्रथम पराजुलीलले पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–२० क्रिकेट हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताले क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने संघका अध्यक्ष हरिबहादुर थापाले बताए । उनले यस्ता प्रतियोगिता नियमित आयोजना गर्न सक्ने हो भने क्रिकेट र खेलाडी दुबैका लागि राम्रो अवसर हुने बताए ।

भित्रुवन आर्मी क्लब ‘ए’ टीमका कप्तान जितेन्द्रसिंह ठकुरी र रुपन्देहीका कप्तान देव खनालले यो प्रतियोगिता आफूहरुका लागि निकै राम्रो अवसर भएको जनाए । उनीहरुले जति धेरै क्रिकेट खेल्न पायो, उतिधेरै निखारता आउने भन्दै प्रतियोगिता आयोजना गरेकोमा रुपन्देही क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।

प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार