मधेस प्रदेशमा ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३’ सुरु

Ujyalosandeshonline 11139+ समाचार ( )
१८ वैशाख २०८३, शुक्रबार

जनकपुरधाम । मधेस प्रदेश प्रहरी कार्यालयले प्रदेशभर लागु औषध न्यूनीकरण र सुधारका लागि ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३’ सञ्चालनमा ल्याएको छ। प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलियाले आठै जिल्लाका प्रहरी युनिटहरूलाई निर्देशन दिर्दै यस अभियानको घोषणा गर्नुभएको हो। अभियान अन्तर्गत सीमानाकाहरूमा ‘ड्रग टेस्टिङ चेकपोइन्ट’ स्थापना गरी किटमार्फत तत्काल परीक्षण गर्ने र सेवनकर्ता पाइएमा अडियो-भिजुअल प्रशिक्षण दिई जिपिएस (GPS) मार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ।

यो अभियानमा सेवनकर्तालाई कारबाही भन्दा पनि सुधार र पुनस्र्थापनामा जोड दिइएको छ। प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा कुलतमा फसेका युवाहरूका लागि सीपमूलक तालिम, खेलकुद र रोजगारीका कार्यक्रमहरू सञ्चालन गरिने प्रहरीले जनाएको छ। साथै, लागु औषधको मुख्य जालो तोड्न अवैध कारोबार गर्ने औषधि पसल र मुख्य कारोबारीहरूमाथि कडा निगरानी राख्दै कडा कानुनी कारबाही गरिने नीति प्रहरीले लिएको छ। विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाहरूसँगको सहकार्यमा यो अभियानलाई प्रदेशभर प्रभावकारी रूपमा अगाडि बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार