मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

रुपन्देही क्षेत्र नं. ५ मा नेमकिपाका उम्मेदवार जगीलाल थापाको चुनावी प्रचार तीव्र

Ujyalosandeshonline 12547+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

कञ्चन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार जगीलाल थापाले आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्र पारेका छन्। 'मादल' चुनाव चिह्न लिएर मैदानमा उत्रिएका थापाले गैडहवा र कञ्चनका विभिन्न गाउँ तथा बजार क्षेत्रमा पुगेर मतदातासँग मत मागिरहेका छन्। देश र जनताको निःस्वार्थ सेवा, समाजवादी अभियानको विस्तार तथा युवाहरूलाई खेलकुदमार्फत राष्ट्र निर्माणमा जोड्ने लक्ष्यसहित उनी घरदैलोमा जुटेका हुन्।

मतदाताको घरमा पार्टीको घोषणापत्रसहित पुगेका उम्मेदवार थापाले कसैको करकाप वा नातावादमा नपरी सबै पार्टीका घोषणापत्र पढेर सही र इमानदार उम्मेदवारलाई मात्र मतदान गर्न आग्रह गरेका छन्। विकासमा समान अवसर, योग्यताअनुसारको रोजगारी, निःशुल्क शिक्षा तथा स्वास्थ्य, स्वदेशमै मल कारखाना स्थापना र भ्रष्टाचारीलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय दिने नेमकिपाको मुख्य एजेन्डा रहेको उनले बताएका छन्। साथै, देशलाई अर्बौंको ऋण र व्यापारघाटामा डुबाउने तथा सत्ताका लागि सिद्धान्तहीन गठबन्धन गर्ने शासक दलहरूलाई जनताको कठघरामा उभ्याउन यसपटक 'मादल' चिह्नमा मतदान गर्न उनले अपिल गरेका छन्। नेमकिपाले रुपन्देहीका पाँचवटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार