मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मर्चवारमा ५० जना बढी एमालेमा प्रवेश

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका वडा नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरी ५० जना बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । शनिबार एमाले कोटहीमाई–४ को दोस्रो वडा अधिवेशनमा ५० जना बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेको एमाले रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले बताए ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इञ्चार्ज कमल गौतम, लुम्बिनी प्रदेश कमिटी सदस्य कमलेश यादव, रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, जिल्ला उपसचिव सुनिता ठठेर लगायतले पार्टीमा प्रवेश गराएका हुन् । 

त्यस्तै दोस्रो वडा अधिवेशनले राम मिलन सहानीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । वडा कमिटीको उपाध्यक्षमा चन्द्रिका केवट, सचिवमा सन्तोष कुमार यादव, सह–सचिवमा कौशिल्या सहानी र रामचन्दर लोध रहेका छन् । 

त्यसै गरी सदस्यहरुमा कुशहरा लोध, महली चाई, चिनकी लोध, किसमाती कुर्मी, रेशमी लोध, अकालमती पासी, रामदास केवट र शारदा पाल रहेको एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर ४ का संयोजक मुस्लिम खाँले जानकारी दिए ।नवनिर्वाचित कमिटीलाई एमाले जिल्ला उपाध्यक्ष पन्थीले सपथग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य कमल गौतमले एमालेले तराई–मधेशको विकासका लागि धेरै काम गरेको बताए । उनले मर्चवारको विकासको अगुवाइ पनि एमालेले गर्ने बताए । उनले भने, ‘एमालेले मात्रै जनताको समस्या समाधान गर्न सक्छ । समाज परिवर्तन गर्ने योजना एमालेसँग छ ।’

त्यस्तै पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले एमालेको विकल्प नभएको दावी गरे । उनले एमाले नेतृत्वको सरकारले मर्चवार क्षेत्रको सडक विस्तारका लागि बजेट विनियोजन गरेको बताए ।एमाले जिल्ला उपसचिव तथा पूर्व प्रदेश सभा सदस्य सुनिता ठठेरले मर्चवार क्षेत्र र यहाँको जनताको विकास गर्ने पार्टी एमाले नै भएको दावी गरिन् ।

पार्टीको कोटहीमाई गाउँपालिका कमिटी अध्यक्ष राजकुमार गौडले एमाले देश र जनताको पार्टी भएको बताए । एमाले क्षेत्र नम्बर ४ का संयोजक मुस्लिम खाँले एमालेले मर्चवारमा जिते यहाँ विकास लहर आउने दावी गरे । पूर्व जिल्ला सदस्य हरिशचन्द्र सिंह सैथवारले २०८४ सालमा एमालेलाई जिताउनुपर्नेमा जोड दिए । युवा नेता सन्तोष कुमार यादवले एमाले नेतृत्वको सरकारले मात्र मुलुकमा विकास हुने बताए । एमाले जिल्ला सदस्य विन्द्रावती गौडले एमाले जनताको सुखदुःखमा साथ दिने पार्टी भएको बताइन् ।

वडा कमिटीको अध्यक्ष राम मिलन सहानीको अध्यक्षता, गाउँपालिका कमिटी उपाध्यक्ष माया सहानीको स्वागत तथा गाउँपालिका सचिव महेश्वर मुरावको सञ्चालनमा कोटहीमाई–४ स्थित तुनिहवामा कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला सचिव सदस्य उत्तम श्रेष्ठले बताए । २०७९ सालको स्थानीय तह निर्वाचनमा कोटहीमाई गाउँपालिका वडा नम्बर ४ मा एमाले दोस्रो स्थानमा थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार