मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

नवलपरासीमा घरको ताला फुटाई चोरी गर्ने दुई जना सामानसहित पक्राउ

Ujyalosandeshonline 12208+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

नवलपरासी । सुनवल नगरपालिका–१ शान्तीटोलस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मानिस नभएको मौका छोपी साढे दुई तले घरको मूल ढोकाको च्यानल गेटको ताला फुटाएर भित्र पसी सुनचाँदीका गरगहना तथा अन्य इलेक्ट्रोनिक्स सामान चोरी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा सुनवल नगरपालिका–३ खैरेनीका २३ वर्षीय ऋषिराम कवँर र २५ वर्षीय होमेन्द्रनाथ कवँर रहेका छन्। उनीहरूले घरभित्र रहेका दराज र बाकस फोडेर दुई तोलाको सिक्री, तीन तोलाको बाला, एक तोलाको कुण्डल, एक तोलाको जन्तर, एक तोलाको औँठी र दुई तोलाको ब्रासलेटसहितका सुनका गहना चोरी गरेका थिए।

यसका साथै घरमा रहेका टिभी, क्यामेरा, दुर्बिन र तामाको कलश समेत चोरी भएको प्रहरीले जनाएको छ। घटना लगत्तै अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले उनीहरूलाई चोरी भएका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार