मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

महालेखा परीक्षकले बेरुजु लुकायो वा पठाएन भन्ने आशंक नगर्न आग्रह

Ujyalosandeshonline 12461+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गरिएको छ । शुक्रबार बसेको लेखा समितिमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका सचिव  र विभागका प्रमुखसँग छलफल गरिएको हो । 

बैठकमा महालेखापरीक्षक तोयम रायले हरेक मन्त्रालयमा बेरुजु प्रतिवेदन बुझाइसकेको जानकारी दिए । उनले मन्त्रालयका सचिवहरुसँग नबुझि महालेखा परीक्षकले लुकायो पठाएन भन्ने आरोप नलगाउन आग्रह गरे । 

‘हामी सचिवहरु आफैंले बेरुजुको विषय हेर्ने हो । यसबारेमा छलफल पनि भएको छ । हरेक मन्त्रालयले सम्पूर्ण निकायको बेरुजुहरु प्रतिवेदन हामीले मन्त्रालय मन्त्रालयमा पठाएका छौ । यस अर्थमा मैले माननीय सदस्यज्यूहरुसँग मेरो आग्रह महालेखापरीक्षकले बेरुजु लुकायो वा पठाएन कि आएन भन्ने विषयमा होइन । हामीले पठाएका छौ ।’

उनले सचिवहरुलाई आफैं लागेर काम गर्न आग्रह समेत गरे । यस्तै, शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले ७७ वटै जिल्लामा समन्वयका प्रमुखहरुलाई ७० प्रतिशत बेरुजु फर्छ्यौट टार्गेट दिएर पठाइसकिएको जानकारी दिए । साथै उनले महालेखापरीक्षकबाट सहयोग भइरहेको पनि बताए । 

‘हामी बैठकको निर्देशन अनुसार कार्ययोजना बनाएर अगाडि बढ्न गइरहेको छौ । २१ र २२ गते ७७ वटै जिल्लामा समन्वयका प्रमुखहरुलाई काठमाडौं ल्याएर यो वर्ष ७० प्रतिशत बेरुजु फर्छ्यौट टार्गेट दिएर पठाइसकिएको छ,’उनले भने । 

शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बेरुजुको ठुलो अंश पेस्की रहेपनि फर्छ्यौट गर्न सहज हुने अवस्था रहेको बताए । उनले ६० प्रतिशत न्यूनतम बेरुजु फर्छ्यौट गर्ने कार्ययोजना अनुसार अगाडि बढेको बताए ।  

उनले भने, ‘हाम्रो विकाससँग सम्बन्धित पुँजीगत खर्च गर्ने कार्यालय भएकाले बेरुजुको ठुलो अंश पेस्की छ । पेस्की चाहीं नियमित कन्ट्राक्टरको बिलबाट कट्टा हुने भएकाले यो अंक धेरै भएपनि फर्छ्यौट गर्न सहज हुने अवस्था होला । आर्थिक वर्ष बेरुजु फर्छ्यौटको लागि ६० प्रतिशत न्यूनतम बेरुजु फर्छ्यौट गर्ने भन्ने कार्ययोजना सबै निकायमा बनाएर अगाडि बढ्ने लक्ष्य छ ।’ यस्तै, समितिका सभापति ऋषिकेश पोखरेलले यस वर्ष कम्तिमा ८० प्रतिशत बेरुजु फर्छ्यौट गर्न र अब बेरुजु हुन नदिनको लागि कानुनको पूर्ण पालना गर्न अनुरोध गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार