मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायत्वि बढ्योः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताउनु भएको छ । नेकपा एमाले बर्दिया जिल्ला कमिटिले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने, जनप्रतिनिधी र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य, समन्वय हुन जरुरी रहेको धारणा राख्नु भएको हो ।

‘जनतासँग संवाद गरेर सरकारको नीतिहरू र योजनाबारे जानकारी दिने काम पार्टी पंक्तिको हुन जान्छ’एमाले केन्द्रिय सदस्य समेत रहनुभएका आचार्यले भन्नुभयो, ‘जनताका समस्याहरू बुझ्न र समाधान गर्ने प्रयासमा सरकारलाई सहयोग समेत गर्नुपर्दछ ।’

मुख्यमन्त्री आचार्यले सरकारले गरेका राम्रा अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न निर्देशन दिनुभएको छ । साथै उहाँले सरकारले बनाएका नीति र योजना सुधारका लागि समेत सुझाव दिन समेत आह्वान गर्नु भएको छ । सरकारले निर्माण गरेका नवितम विचार र सोंचलाई नागरिक तहमा पु¥याउन, सरकारी सेवामा नागरिकहरुको पहुँच बढाउन पार्टीपंक्ति बाट समेत भूमिका खेल्न आग्रह गर्नु भयो ।

लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको स्पष्ट पार्नु भएको छ । पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहितको दायरा भित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने बिषय सुशासन संग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको बताउनु भयो ।

प्रदेश सरकार गठन भएको छोटो अवधनीमानै उपलब्धीहरु देखिएको तर, यसको प्रचार प्रसार हुन नसक्दा नागरिकहरुमा निरासा बढेको जस्तो देखिएको टिप्पणी गर्नु भयो ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा बहुआयामिक गरिबीको दर ३० प्रतिशत रहेकोमा हाल १८ प्रतिशतमा झरेको, बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर ८ प्रतिशत पुगेको,  ५ वर्ष मुनिको बाल मृत्युदर प्रति हजार ४५ रहेकोमा हाल ३३ र नवजात शिशु मृत्युदर प्रति हजार ३० रहेकोमा हाल २१ मा सीमित भएको जानकारी दिनुभयो ।

माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ७५ प्रतिशतबाट बढेर ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको, प्रदेश ऐन बमोजिम लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भई सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

बाह्रै महिना सिंचित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको, लुम्बिनी प्रदेश माछामासु र दुध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको, कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको समेत जानकारी दिनुभयो ।

२०७५ सालमा सडकको लम्बाई ११ हजार २३३ किलोमिटर रहेकोमा हाल १५ हजार ७६ पुगेको, ३० मिनेटको दुरीमा पक्की सडकमा पहुँच भएको जनसंख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको, १०९ मध्ये १०८ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जानकारी दिनुभयो ।

विद्युतमा पहुँच पुगेको जनसंख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको, इन्टरनेटमा पहुँच भएको घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगे समेत प्रशिक्षणको क्रममा जानकारी दिनुभएको छ । योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउै उहाँले महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार