मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज

Ujyalosandeshonline 10071+ समाचार ( )
१ माघ २०८२, बुधवार

भैरहवा । भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गतको टी–ट्वान्टी सिरिजको उपाधि रुपन्देही–११ ले जितेको छ। रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब ‘ए’ लाई ६ विकेटले पराजित गर्दै रुपन्देहीले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो। यसअघि सम्पन्न दुई दिवसीय र एकदिवसीय सिरिजमा पनि रुपन्देहीले आर्मीविरुद्ध ‘क्लिनस्वीप’ गरिसकेको छ।

बुधबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाउँदै १ सय १८ रनको मध्यम योगफल तयार गरेको थियो। आर्मीका लागि निर्मल शाहीले ४० रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको रुपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो। रुपन्देहीको जितमा आकाश त्रिपाठीले अलराउन्ड प्रदर्शन गर्दै अविजित ३९ रन बनाए भने बलिङतर्फ २ विकेट समेत लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए। नेपालमै पहिलोपटक तीनवटा फर्म्याटमा दुई टोलीबीच भइरहेको यो प्रतियोगितालाई सेठिया परिवारले स्वर्गीय बुवा पवनकुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका हुन्। सिरिजको अन्तिम खेल बिहीबार हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार