मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ कार्तिक २०८२, आइतबार

वीरगञ्ज (पर्सा)। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात गरिएको छ । गत आवको तीन महिनाको अवधिमा रु तीन अर्ब चार करोड मूल्य बराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिनुभयो । “यो वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नलगायतको वस्तुको आयातमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । चालु आवको तीन महिनाको अवधिमा रु अर्ब ८० करोड मूल्य पर्ने तीन करोड ३६ लाख १२ हजार ८१० किलोग्राम मकै आयात भएको छ । 

गत आवको तीन महिनामा भने रु एक अर्ब नौ करोड मूल्य पर्ने रु दुई करोड १६ लाख २७ हजार ९९२ किलोगाम मकै आयात भएको थियो । चालु आवको तीन महिनामा रु एक अर्ब ४६ करोड मूल्य पर्ने तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ ।  गत आवको तीन महिनाको अवधिमा भने रु एक अर्ब छ करोड मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा रु ८९ करोड ८२ लाख मूल्य पर्ने ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ । 

त्यस्तै गत आवको तीन महिनाको अवधिमा पनि रु ४६ करोड ५३ लाख मूल्य पर्ने ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो । यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार