मुख्य समाचार
ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला | बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता | वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह | विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह | प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न | नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड | खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु | भैरहवामा गुडिरहेको मोटरसाइकलबाट युवकलाई लतारेर अपहरण र ज्यान मार्ने प्रयास, एक जना पक्राउ | रूपन्देहीमा 'सुरक्षित ई-रिक्सा यात्रा' अभियान: लाइसेन्स नभएका ४४ ई-रिक्सा कारबाहीमा | भैरहवामा युयनवी क्यामेराको ‘पार्टनर मीट’ सम्पन्न |

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

Ujyalosandeshonline 11421+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

गलकोट (बागलुङ) । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ । तमानखोला गाउँपालिका-३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गर्नुभएकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका बताउनुभयो । 

 ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत तमानखोलाले महिलालाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद गर्नेसम्मका काममा सघाउँदै आएको छ । ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुन्ने र बिक्रीमार्फत यहाँका महिला आत्मनिर्भर बन्दै आएका छन् । 

महिलाले उत्पादन गरेका कपडा तमानखोला गाउँपालिकाको कार्यालयले खरिद गरी बिक्रीमा सहजीकरण गरिरहेको घर्तीले बताउनुभयो । करिब सात वर्ष पहिले म्याग्दीबाट आएका प्रशिक्षकमार्फत गाउँमा ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समूहमा आबद्ध गराएर थप व्यावसायिक बनाउन गाउँपालिकाले लगानी गरेको हो । महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले सात वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समूहको भवन निर्माण गरिदिने, उत्पादित खरिद गरी बिक्रीमा सहजीकरण गर्नेलगायत काम गर्दै आएको छ । 

“पालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको हुन्छ । ती कार्यक्रममा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गर्दै आएका छौँ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र अस्कोट प्रयोग गर्दै महिलाका उत्पादनको बजारीकरण गरिरहेका छौँ”, गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले भन्नुभयो ।

गाउँपालिकाले सात वर्ष पहिले महिलाका लागि सीपमूलक तालिम दिनुका साथै आवश्यक सामाग्री उपलब्धध गराउनुका साथै भवन बनाउन पनि सहयोग गरेको छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सामग्री, भवन, प्रशिक्षणलगायत गतिविधिका लागि पालिकाले रु २५ लाख लगानी गरिसकेको छ । यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएका उपाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । 

सुरुवातका दिनमा आफूले उत्पादन गरेका सामग्री बिक्री नभएर सास्ती भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिला उत्साहित भएका घर्तीले बताउनुभयो । महिला कल्याण आमा समूहको कोषाध्यक्षसमेत रहनुभएकी उहाँले पालिकाको साथ र सहयोगले तमानगाउँका महिलालाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बनाउँदै लगेको धारणा राख्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार