मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रुपन्देहीमा १ करोड ७१ लाख बराबरको अवैध भेप बरामद, चालक पक्राउ

Ujyalosandeshonline 11768+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले राजस्व छली गरी ल्याइएका ठूलो परिमाणका अवैध सामानसहित एक पिकअप जिप र चालकलाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ गरिएको एक विशेष कारबाहीमा प्रहरीले १ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको अवैध ई-सिगरेट (भेप) र अन्य सामग्री बरामद गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार, गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारको संयुक्त टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका-१०, महिलवारमा जाँच गरेको थियो । सोही क्रममा शंकास्पद अवस्थामा रहेको लु २ च ६३०३ नम्बरको पिकअप जिपलाई रोकी जाँच गर्दा उक्त परिमाणको अवैध सामान फेला परेको हो । प्रहरीले जिपका चालक, रुपन्देहीको मायादेवी गाउँपालिका-४ निवासी ३० वर्षीय नारायण अग्रहरी बनियाँलाई पनि घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिपबाट बरामद गरेका सामग्रीहरूमा विभिन्न कम्पनीका फ्लेवर, 'Grape Ice', 'RELX ACE', 'DODO Company', 'RELX Nova', 'Peachy Passion Blast' र 'Mr. Blue' जस्ता ब्रान्डका हजारौँ थान ई-सिगरेट (भेप) रहेका छन् । यसका साथै प्रहरीले एक थान इलेक्ट्रिक मिक्स्चर, एक थान प्लास्टिक प्याक गर्ने मेसिन र र्‍यापिङ्ग प्लास्टिक पनि बरामद गरेको छ । बरामद गरिएका सम्पूर्ण सामान, करिब १५ लाख मूल्य बराबरको पिकअप जिप र पक्राउ परेका चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवलमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीमा प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले कार्यभार सम्हालेपछि अपराध नियन्त्रण र अवैध ओसारपसारमा प्रहरीले निरन्तर सफलता पाइरहेको छ । उनको नेतृत्वमा प्रहरीले अवैध गतिविधि, तस्करी र संगठित अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको स्थानीयले महसुस गरेका छन् । हालै मात्र प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ठूलो गिरोहको पर्दाफास गरेको थियो, जसले रुपन्देही प्रहरीको व्यावसायिक अनुसन्धान क्षमतालाई उजागर गरेको छ ।

खुला सिमानाको फाइदा उठाउँदै हुने अवैध ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियानहरू सञ्चालन गरिरहेको छ । एसपी क्षेत्रीले जिल्लामा कुनै पनि प्रकारको अवैध गतिविधिलाई निरुत्साहित पारिने र अपराधमा संलग्न कसैलाई पनि नछोडिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरीको बढ्दो सक्रियताले जिल्लाको शान्ति सुरक्षामा सुधार आएको र प्रहरीप्रतिको जनविश्वास पनि बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार