मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द

Ujyalosandeshonline 12548+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

रामेछाप । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ । 

कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सूचनाअनुसार, रोशी खोला तथा अन्य खहरे खोलामा आकस्मिक बाढी आएमा अन्य समयमा पनि प्रहरी वा ट्राफिक प्रहरीले सवारीसाधन रोक्न सक्ने छ । प्रशासनले अनावश्यक रूपमा बाहिर ननिस्कन, विशेष गरी रातको समयमा यात्रा नगर्न, पहिरो जोखिमयुक्त क्षेत्र र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै डुबानको सम्भावना भएका बस्तीलाई अस्थायी सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न स्थानीय तहलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ ।

विपद्को सम्भावनालाई ध्यानमा राखी सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायहरूलाई स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ । 

सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनालाई पनि तुरुन्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । स्थानीय विपद् व्यवस्थापन समितिहरू, क्लष्टर लिड र सरोकारवाला संस्थाहरूलाई पनि सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार