कास्की । मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिको अध्यक्षमा चिन्तामणी बास्तोला चयन भएका छन् । शनिबार भएको १४औं साधारण सभा तथा ५औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । उनि कञ्चन कम्प्युटर सेवाका सञ्चालक समेत रहेका छन् ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्धितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग (अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ पौडेल (नारन) (शुभकामना अफसेट प्रेस) चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा कृष्णलाल रन्जित (रन्जित अफसेट), मनोज बाँस्तोला (ॐ प्रिन्टिङ हाउस), राजन पौडेल (लेकसिटी प्रिन्टर्स), विश्व प्रधान इमेज कपियर्स) र सुमन श्रेष्ठ (क्रिष्टल आर्ट) रहेका छन् । उनिहरुसबै सर्वसम्मत चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष चिन्तामणी बास्तोलाले अघिल्लो कार्यसमितिका अध्यक्षहरुले प्रतिवद्धता र गरेका कामहरुलाई पुर्णता दिनुका साथै कास्कीमा रहेका मुद्रण व्यवसायीहरुको हक, हितका बारेमा योजनाबद्ध तरिका बाट विशेष काम गर्ने प्रतिक्रिया दिए