मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

जातीय विभेदविरुद्ध शान्ति समाजको प्रर्दशन

Ujyalosandeshonline 11768+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । सामाजिक न्यायका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाजले छुवाछुत, भेदभावका घटनामा संलग्नहरुलाई दण्डीत गर्न जोड दिँदै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

‘सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म’ भन्ने नारा सहित समाजले विहीबार काठमाडौं, चितवन, सुर्खेतलगायतका जिल्लामा प्रर्दशन गरेको जनाएको छ ।

जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस २१ मार्चका सन्दर्भ पारेर बिहीबार   शान्ति समाज काठमाडांै शाखाले जोरपाटीमा, चितवन शाखाले भरतपुरमा प्रर्दशन गरेको समाजकी उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन् ।

सुर्खेत शाखाले भने वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । यस्तै, पाल्पा, दाङ, नवलपुर लगायत शाखाहरुले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्ने पौडेलले जानकारी गराइन् ।

सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलमा रंगभेदी कानून विरुद्ध आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सो बर्बरताको विरोध र त्रासदीको स्मरण गर्दै विश्वभर आज जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाईंदै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार