मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |
मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |


भारतबाट १२ बालबालिकाको उद्दार

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

भैरहवा । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पारिवारीक पुर्नमिलनमा पुग्नुभएकी “भैरहवा १८” (परिवर्तित नाम) को आँशु रोकिनै सकिरहेको थिएन । कार्यक्रममा आफुमाथि भएको घटना बताउन स्वतः उठेकी उनको बोली नै फुटिरहेको थिएन । एकोहोरो रोइरहेकी उनलाई उद्दारकर्ताले केही ढाढस दिए पछि उनले सुनाउन सुरु गरिनआफु बेचिएको अनुभव ।

“भैरहवा १८” आफैले जन्म दिएकी आमाबाट बेचिनुपरेको थियो । त्यै पनि अर्कै व्यक्तिलाई बुवा बनाएर । प्रेमविवाह गरेका आमाबुवा संयुक्त परिवारबाट छुट्टिएर भारत पुगेको थिए ।  केही समयमा नै दुई जना बिच विवाद भयो, बुवा अर्को विवाह गरि अन्त लागे भने आमाले पनि अर्को विवाह गर्नुभयो । “भैरहवा १८”की आमाले भने कागह गरेर उनलाई अर्कै एक जना पुरुषको छोरी बनाएर जिम्मा लगाई दिइन ।

“केही दिन मात्रै ठिक रहे त्यसपछि ती बाबु भन्नेले मेरो शोषण गर्न थाले, भनेको नमाने मलाई कुटपिट गर्न थाले ।” “भैरहवा १८”ले भनिन “मैले पछि मात्रै थाहा पाए मलाई मेरै जन्म लिने आमाले ती व्यक्तिलाई बेच्नुभएको रहेछ ।”

जसोतसो ६ महिनापछि उनि भागेर नजिकैको प्रहरीकहाँ पुगिन र आफु माथि भएको ज्यादती बारे बताइन । तर त्यहाको प्रहरीले बिभिन्न बहाना बनाई सुरुमा आफ्नो कुरा नै विश्वास नगरेको उनको भनाई छ । लामो हारगुहार र बिभिन्न संस्थाको सहयोगमा उनले कानूनी लडाई लडीन । उनि शुक्रबार मात्रै नेपाल फर्किएकी छिन ।

“भारत बाहिरको देशकालाई भारतमा न्यायिक लडाईको लागि बिभिन्न झण्झट छ, धन्न केही संस्था छन र मलाई केही सहज भयो ।” उनले भनिन “म जस्ता अझै त्यहा कति छन कति ।”

“भैरहवा १८”  जस्तै बिभिन्न प्रलोभनमा पारी भारतमा बेचविखन गरिएका १२ जना बालबालिकाको उद्दार गरि उनिहरुलाई पारिवारीक पुर्नमिलन गराईएको छ । नेपाली बालबालिकाको उद्दारको क्षेत्रमा भारतमा काम गरिरहेको किन भारतको समन्वयमा भारतको बिभिन्न भागमा बेचिएका बालबालिकाहरुको उद्दार गरि शुक्रबार प्रमुख जिल्ला अधिकारीको रोहवारमा पारिवारीक पुर्नमिलन गराईएको हो ।

भारतको बिहारमा अर्केष्ट्रामा काम गर्न गएका मध्ये ७ जनाको सुपौलबाट, मधुबनिबाट २ जनाको र बोधगयाबाट १ जनाको उद्दार गरिएको किन भारतका ईन्द्रराज भट्टराईले जानकारी दिए । यस्तै भारतकै दिल्लीबाट १ जना र बेंगलुरुबाट १ जनाको उद्दार गरिएको हो । उद्दार गरिएका मध्ये १० जना बालिका र २ जना बालक रहेका छन् । यस्तै यी मध्ये ११ जना नाबालिग र १ जना मात्र बालिग रहेको भट्टराईले जानकारी दिए ।

उद्दार गरिएका बालबालिकाहरु नेपालको सुनसरीका ३ जना, उदयपूरका ४ जना, धनुषाबा २ जना, सिन्धुपलाञ्चोक, धनकुटा र पर्साका जिल्लाका १/१ जना रहेका छन् ।

भारतमा उहाँहरुको अवश्था निकै कठिन रहेको थियो । बिहेको प्रलोभनमा पर्नुभएकी एक बालिका भारतको हैदराबाद सम्म पुगेको र पछि जसो तसो दिल्ली सम्म आएर भिख मागिरहेको अवश्थामा पनि उद्दार गरिएको किन भारतका नविन जोशीले जानकारी दिए ।

नेपाल र भारतको कानुनी बाधाको कारण बेचविखनमा परेका यस्ता बालबालिका तथा महिलाहरुको उद्दारमा कठिनाई आउने गरेको उद्दारकर्ताहरुको भनाई छ । नेपाल र भारत बिच कुनै सुपुर्दगी सन्धी नभएको कारण पनि उहाँहरुको उद्दारमा कठिनाई आउने गरेको जोशी बताउछन् । “२०१८ मा जेजे एक्टको अनुसार त्यहाँको गृहमन्त्रालयले एउटा परिपत्र जारी गरेको थियो । अहिले अर्को जेजे एक्ट आएको छ जसले त्यसलाइृ पनि मानेको छैन ।” जोशीले भने “हामीलाई कानूनी प्रक्रिया पुरा गर्न भारत सरकारको बिदेश मन्त्रालयबाट एनओसी ल्याउने देखि ल्याएर त्यहाको डिस्ट्रिक्ट मजिष्ट्रेडबाट स्विकृति लिदा सम्म धेरै समय लाग्छ ।”

मानव बेचविखनको दृष्टिले रुपन्देही संवेदनशिल जिल्लाको रुपमा रहेको छ । करिब ७० किलोमिटर भारतसंग जोडिएर रहेको सीमामा ३ वटा बैध नाकाबाट आवात जावत हुने गरेको छ भने करिब ३८ वटा स्थानबाट आवातजावत हुने गरेको छ । यी कारणले रुपन्देही मानव बेचविखनको दृष्टिले जोखिमयुक्त जिल्ला रहेको र यसमा प्रशासनको निगरानीले मात्र नियन्त्रण सम्भव नभएको सरोकारवालाको भनाई छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले परिवार र समाजबाट नै सचेतना नआए सम्म यसको नियन्त्रणमा कठिनाई आउने बताए । “आमाले नै छोरी बेचिएको घटना आएको छ, एउटा परिवारको अभिभावक जब सम्म सुध्रिदैन तब सम्म अरु लागेर केही हुदैन ।” अर्यालले भने “यसलाई पारिवारीक र सामाजिक स्तरबाट नै सचेतना फैलाउन आवश्यक छ ।”

किन भारतले सन २०२२ देखि हाल सम्म १ सय ४४ जना महिला तथा बालबालिकाको उद्दार गरि पारिवारीक पुर्नमिलन गराएको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार