मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन

Ujyalosandeshonline 12448+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको आज निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उहाँले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

गृहसचिव श्रेष्ठले स्रोतसाधनको सीमितता र चुनौतीका बाबजुद अपराधको नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा, समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गराउन तथा कानुन कार्यान्वयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रचलित ऐन, कानुनको कार्यान्वयन, नागरिकको जीउधन र संवैधानिक हकअधिकारको संरक्षणमा प्रहरी सङ्गठन कटिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार