मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रारामा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

Ujyalosandeshonline 12548+ समाचार ( )
२७ माघ २०८०, शनिबार

मुगु । रारातालको किनार हिमपातले सेताम्य भएर टल्किएको छ । यस्तोमा यहाँ आएर रमाउने पर्यटक बढेका छन् । माघ दोस्रो सातातिर भएको हिमपातपछि  मौसममा सुधार आएको छ । खुल्ला आकासमुनि  नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमा विभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन् । रारामा हिउँमा रमाउदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु छन् । 

हिउँदमा रारामा पर्यटक आगमन घट्ने गरेको थियो । यसपटक अघिल्ला वर्ष जसरी अत्यधिक हिमपात नहुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो छैन । त्यसैले पनि रारा पुग्नेले जाडोको फिक्री गरेका छैनन् । 

समुद्र सतहबाट २९ सय ७२ मिटरको उचाइमा अवस्थित रारातालको अधिकतम लम्बाइ ५ किलोमीटर र चौडाई ३.२ किलोमिटर छ । रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटरले यसको सुन्दरतालाई जोगाइराखेको छ । 

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरु पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०÷६० जना आउर्ने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै आन्तरीक पर्यटक आएको निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार