मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

आज चैती छठको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइँदै

Ujyalosandeshonline 12321+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

रौतहट । चैती छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ व्रतालुहरुले अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिँदैछन् । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन बिहीबार अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । छठको मुख्य दिन आज साँझ व्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिनेछन् ।

गत मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, भोलि (शुक्रबार) बिहान व्रतालुहरुले फेरी छठघाटमा पुगेर उदाउँदो सुर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत रुपमा समापन हुन्छ ।

सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ । चैती छठ पर्वका लागि रौतहटको विभिन्न नदि, पोखरी तथा जलासय सरसफाई गरिएको छ । तराई मधेसबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार