मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

आज चैती छठको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइँदै

Ujyalosandeshonline 12614+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

रौतहट । चैती छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ व्रतालुहरुले अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिँदैछन् । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन बिहीबार अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । छठको मुख्य दिन आज साँझ व्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिनेछन् ।

गत मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, भोलि (शुक्रबार) बिहान व्रतालुहरुले फेरी छठघाटमा पुगेर उदाउँदो सुर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत रुपमा समापन हुन्छ ।

सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ । चैती छठ पर्वका लागि रौतहटको विभिन्न नदि, पोखरी तथा जलासय सरसफाई गरिएको छ । तराई मधेसबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार