मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको छ : गृहमन्त्री

Ujyalosandeshonline 12455+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरुवात गरिएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ प्रणालीको उद्घाटन गरिएको हो । 

यसरी जारी भएको चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन पनि सकिने ट्राफिक प्रहरीले जनाएको छ ।  पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

यस्तै ट्राफिक उल्लघंन अभिलेख प्रणाली ‘डिजिटल चिट’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले मानिसका जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको बताएका छन् । मन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने  सरकारका अंगहरुमध्ये प्रहरी पहिलो अंग भएको बताएका हुन् ।

उनले भने, ‘सबै सेवाहरुलाई प्रबिधिकामार्फत सम्पादन गर्ने, सम्पूर्ण शासनलाई प्रबिधियुक्त शासन बनाउने, प्रविधियुक्त प्रशासन बनाउने सबै सेवा दिने निकायहरुलाई प्रबिधि प्रदान गर्ने र मुलुकमा समग्र रुपले सुशासनको स्थापना गर्ने विषयमा हामी अगाडि बढ्ने छौं । सरकारसँग नागरिकलाई जोड्ने सरकारका अंगहरुमध्ये प्रहरी एउटा पहिलो अंग हो ।

जसले सरकारलाई नागरिकसँग जोड्छ । कुनै मानिस पीडामा परेको छ त्यहाँ प्रहरी खोजिन्छ । अन्यायमा परे, कानुनको उल्लंघन गरे, मान्छेलाई न्याय दिनुपर्ने ठाउँमा समेत प्रहरी चाहिन्छ । अपराध, अन्याय,गलत काम गर्ने मानिसलाई कानूनको घेराभित्र पनि प्रहरीले ल्याउनुपर्छ । त्यसकारण जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको छ ।’

साथै उनले प्रहरीमा मनिसले सरकारको मुहारसमेत देख्ने गरेको बताए । उनले प्रहरीले विनम्रताका साथ प्रस्तुत भएर सेवा दिए सेवाग्राही खुसी हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार