मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’

Ujyalosandeshonline 12461+ समाचार ( )
४ जेठ २०८३, सोमबार

काठमाडौँ । नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ । प्रहरी प्रधान कार्यालमया आज सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत शैली (पुलिसिङ)भन्दा नवीनतम सोच र कार्यशैली अपनाइ नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवं प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुतर्फ ध्यान दिन आग्रह गर्नुभयो । 

उहाँले नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवं इमानदार हुनुपर्ने, उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी सङ्गठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले बहन गर्न निर्देशन दिनुभयो ।

सङ्गठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थभन्दा भातृत्वभाव एवं साङ्गठनिक हितलाई केन्द्रविन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवं कानुनसम्मत कार्य गर्न सरूवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवं रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार