मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

गृहमन्त्रीको पहलमा छुटे जनमतका मन्त्री,सांसद र नेताकार्यकर्ता

Ujyalosandeshonline 12320+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्र माइतीघरतिर अगाडि बढिरहेका बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले चार घण्टापछि छाडेको छ । उनीहरुलाई गृहमन्त्री आफैं भृकुटीमण्डप पुगेर रिहा गराए ।

सोमबार दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् ।

‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाई गराएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु आज बिहान ‘धोती दिवस’ लेखिएको ब्यानरसहित नारा लगाउँदै प्रहरीको घेरा तोडेर माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको हो ।

निषेधित क्षेत्रमा भेला हुन खोजेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत माइतीघरलाई निषेधित क्षेत्र तत्काल हटाइनुपर्ने आवाज सांसदले उठाएका थिए । त्यसपछि गृहमन्त्री आफैं पुगेर पक्राउ परेकालाई रिहा गराएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार