मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अपराध नियन्त्रणमा कर्णाली प्रहरीको आक्रामक कदम

Ujyalosandeshonline 12611+ समाचार ( )
७ पौष २०८२, सोमबार

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनामा सम्पादित जनहितकारी तथा सुरक्षासम्बन्धी कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालद्वारा जारी विज्ञप्ति अनुसार यस महिनामा कुल १२४ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्, जसमा ६३ वटा जघन्य तथा गम्भीर अपराध र २७ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित रहेका छन्।

प्रहरीले सोही अवधिमा ११५ जना विभिन्न मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ भने फैसला कार्यान्वयनतर्फ २५ जनालाई नियन्त्रणमा लिई २६ वर्षभन्दा बढी कैद र २ लाख १२ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ। अपराध अनुसन्धानका क्रममा दैलेखमा घटेका दुईवटा संवेदनशील हत्याका घटनाका अभियुक्तहरूलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको विषयलाई प्रहरीले मुख्य उपलब्धिको रूपमा लिएको छ।

लागूऔषध नियन्त्रणतर्फ १६ वटा मुद्दा दर्ता गरी ३६ जनालाई पक्राउ गरिएको छ भने उनीहरूको साथबाट ब्राउन सुगर, गाँजा र निषेधित औषधिहरू बरामद गरिएको छ । त्यसैगरी, समाजमा बढ्दो आत्महत्याको दरलाई मध्यनजर गर्दै प्रहरीले सूक्ष्म विश्लेषण गरेको छ, जस अनुसार मंसिर महिनामा मात्रै प्रदेशभर २९ जनाले ज्यान गुमाएका छन् । शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीले ४५ हजारभन्दा बढी विभिन्न किसिमका गस्ती तथा ड्युटीहरू परिचालन गरेको थियो ।

सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनको क्षेत्रमा पनि उल्लेख्य सक्रियता देखिएको छ। महिनाभर भएका १३३ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र २४५ जना घाइते भएका छन् भने ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट २२ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । साथै, अवैध हातहतियार नियन्त्रण अभियान अन्तर्गत सल्यान र जाजरकोट लगायतका जिल्लाबाट ३७ वटा भरुवा बन्दुक बरामद गरिएको छ। प्राकृतिक सम्पदा दोहन र अवैध वन पैदावार ओसारपसार नियन्त्रणमा पनि प्रहरीले सक्रियता देखाउँदै काठ र सवारी साधन बरामद गरी जरिवाना असुल गरेको छ ।

प्रहरीले समुदायसँगको सम्बन्ध सुमधुर बनाउन प्रदेशका ७९ वटा स्थानीय तहमा ६५९ वटा जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ, जसमा १९ हजारभन्दा बढी नागरिकको सहभागिता रहेको थियो । विशेषगरी विद्यालय केन्द्रित कार्यक्रममार्फत ७ हजारभन्दा बढी विद्यार्थीहरूलाई सचेत गराइएको छ। प्रहरी कर्मचारीहरूको मनोबल वृद्धिका लागि स्वास्थ्य परीक्षण, कार्यालय प्रमुखसँग सामूहिक भोजन र जन्मदिन मनाउने जस्ता सिर्जनात्मक कार्यहरूलाई निरन्तरता दिइएको छ। महिला तथा बालबालिका सम्बद्ध ६३ वटा उजुरीमध्ये ३१ वटामा मिलापत्र गराइएको र बाँकी कानुनी प्रक्रियामा लगिएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार