मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

परासी कारागारका कैदीबन्दीको मुटु तथा मधुमेह रोगको नि:शुल्क परिक्षण

Ujyalosandeshonline 12457+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

परासी । नवलपरासीको इभरग्रिन अस्पतालले जिल्ला कारागारका कैदीबन्दीलाई निशुल्क मुटु सम्बन्धि स्वास्थ्य समस्या,मधुमेह सम्बन्धि समस्या लगायतका रोगबारे परिक्षण गरेको छ । गणतन्त्र दिवस तथा महिला स्वाँस्थ्य दिवसको अवसर पारेर कारागारका १०६ जना कैदी बन्दीको स्वास्थ्य परिक्षण गरेको हो ।

जिल्ला प्रशासन तथा कारागार प्रशासनको सहकार्यमा अस्पतालले कैदीबन्दीलाई विशेषज्ञ चिकित्सक कारागार भित्रै लगेर परिक्षण गरिएको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी गराए । 

सदरमुकाम परासी मै मुटु तथा मधुमेह रोग लगायतका विभिन्न स्वास्थ्य सम्बन्धि विशेषज्ञ चिकित्सा सेवा दिदै आएको इभरग्रिन अस्पतालले समाजिक उत्तरदायित्व अन्तरगत कैदीबन्दीलाई सेवा प्रवाह गरेको हो, सञ्चालक कोईरीले भने,यस्ता समाजिक उत्तरदायित्वका कार्यक्रम अन्य क्षेत्रमा पनि गर्दै आएको छ । कारागारका कैदीबन्दीलाई समान्य मानिस जस्तो स्वास्थ्य सेवाका लागि पहुँचमा ल्याउन सक्नु हाम्रो लागि पनि अवसर हो । 

कारागार भित्र गरिएको विशेषज्ञ स्वास्थ्य सेवा शिविरले कैदीबन्दीलाई राहत पुगेको कारागार प्रशासनले पनि जानकारी गराएको थियो । अस्पतालका मुटु रोग विशेषज्ञ डा.महेश्वर कुमार हयोजु र मेडिकल अधिकृत डा.सोनी गुप्ता लगायतको चिकित्सक टोलीले समस्या देखिएका कैदीबन्दीको परिक्षण गरेको थियो ।

परिक्षणको क्रममा २५ जनामा मधुमेह,२४ जनामा रतmचाप र २० जनामा दुबै समस्या देखिएको थियो । ५ जनामा भिटामिनको कमी,५२ जनामा पिसाब सम्बन्धी समस्या र केहीमा मानसिक समस्या पनि देखिएको थियो । कुल १ सय ६ जना कैदीबन्दी मध्ये ८३ जनाको मधुमेहको परिक्षण गरिएको थियो । १३ जनालाई इसिजि मार्फत मुटुको जाँच गरि परामर्श सेवा प्रदान गरिएको थियो । 

५० सैयाको इभरग्रिन अस्पतालले अहिले अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा,भिडियो एक्सरे,रेडियोलोजी सेवा,नाक कान घाँटी,हाडजोर्नी तथा नसा रोग,इमरजिगँ,स्त्री तथा प्रसुती रोग,बालरोग सम्बन्धि विशेषज्ञ चिकित्सा सेवा दिदै आएको छ । अस्पतालले निकट भविष्यमा घरदैलोमै पुगेर पनि स्वास्थ्य परिक्षण,नमुना संकलन जस्ता सेवा प्रदान गरिनुका साथै शैक्षणिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार