मुख्य समाचार
लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन |

‘मिसेस नेपाल वर्ल्ड–२०२४’ मा २९ महिलाबीच प्रतिस्पर्धा हुने

Ujyalosandeshonline 12337+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने भएको छ । राजधानीमा हालै आयोजित अडिसनबाट मिसेस नेपाल वल्र्ड २०२४ को अन्तिम स्पर्धाका लागि २९ जना महिला छानिएका हुन् । 

यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २÷२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएका छन् ।    

प्रतियोगितका लागि विभिन्न क्षेत्रमा संलग्न प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता  ढकाल, साहारा आचार्य तिमल्सिना, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ , संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा  घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा छानिएका छन् । 

अन्तिम स्पर्धाका लागि छानिएका महिलाहरुलाई राजधानीमा स्यासिङ समारोहको आयोजना गरी ट्याग नम्बर प्रदान गर्दै स्यास पहिराइएको छ। समारोहमा स्पर्धामा सामेल महिलाहरुले आप्mनो परिचय दिएका थिए । 

मिस नेपाल वल्र्ड २०२४ को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले आगामी कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने जानकारी गराए ।  यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए ।

अश्विनी झाको कोरियोग्राफीमा हुने मिसेस नेपाल वल्र्ड २०२४ को सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ । यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार