मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

रासस 642+ समाचार ( )
७ असार २०८३, आइतबार

घोराही (दाङ) । दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो । गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन विद्यालयका ७०० बढी किशोरीको परीक्षण सम्पन्न भएको छ ।

जनता माध्यमिक विद्यालय, शुभतारा इङ्लिस बोर्डिङ स्कुल र ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल गरी तीन विद्यालयका ७४५ किशोरीको परीक्षण गर्दा ५३७ जनामा रक्तअल्पता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्ज्वलकुमार पौडेलले जानकारी दिनुभयो । गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले किशोरीको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्तअल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । 

स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार यही असार ८ गते गढवा गाउँपालिका–३ का थप तीन विद्यालयका किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । किशोरीमा उच्च दरमा रक्तअल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार