मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

गोरखामा निर्वाचन प्रहरीको बिदाई: जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा एसपीद्वारा प्रशंसा

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा गोरखा नगरपालिकास्थित हरमटारी खेल मैदानमा एक विशेष कार्यक्रमका बीच २ हजार २ सय १ जना निर्वाचन प्रहरीको औपचारिक रुपमा बिदाई गरिएको छ। सोमबार सम्पन्न उक्त बिदाई कार्यक्रमको प्रमुख आतिथ्यता गोरखा जिल्लाका प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विश्वकर्माले गर्नुभएको थियो।

गत माघ १८ गतेदेखि नियुक्ति पाई जिल्लाका विभिन्न मतदान केन्द्र तथा सुरक्षा निकायमा खटिएका ती निर्वाचन प्रहरीहरूको कार्य अवधि फागुन २८ गते समाप्त भएसँगै उनीहरूलाई स-सम्मान बिदाई गरिएको हो। जिल्लामा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उनीहरूले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालयले विशेष धन्यवादसहित बिदाई गरेको छ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक विश्वकर्माले छोटो समयको तालिम र ड्युटीका बाबजुद पनि निर्वाचन प्रहरीले देखाएको उच्च अनुशासन, कर्तव्यनिष्ठा र अहोरात्र खटिने प्रवृत्तिको खुलेर प्रशंसा गर्नुभयो। उहाँले राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गरेर नागरिक जीवनमा फर्किँदै गर्दा प्रहरी संगठनबाट सिकेका सकारात्मक कुराहरू र अनुशासनलाई व्यक्तिगत तथा सामाजिक जीवनमा पनि लागू गर्न सुझाव दिनुभयो।

तोकिएको कार्य अवधि सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्रसहित बिदाई हुँदै गर्दा हरमटारी खेल मैदानमा उपस्थित निर्वाचन प्रहरीहरूको मुहारमा एकातिर राष्ट्रिय जिम्मेवारी पूरा गरेकोमा गर्व र अर्कोतिर सहकर्मीहरूसँगको बिदाईको भावुकता देखिन्थ्यो। यस बिदाई कार्यक्रमसँगै गोरखा जिल्लामा यस पटकको निर्वाचन सुरक्षार्थ खटिएका सम्पूर्ण अस्थायी निर्वाचन प्रहरीहरूको कार्यअवधि विधिवत रुपमा समाप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार