मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

पोखरामा आजदेखि फोहोर उठ्ने

Ujyalosandeshonline 12080+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

पोखरा । पोखरामा आजदेखि फोहोर उठ्ने भएको छ । पोखरा महानगरपालिकाको कार्यालय, वडा कार्यालय ३२ र लामेआहालस्थित स्थानीयवासीबीच बुधबार साँझ १४ बुँदे सहमति भएपछि आजदेखि पोखरामा फोहोर उठ्ने भएको हो ।

पोखरा महानगरपालिकासंग भएको सहमति बमोजिम पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने महानगरपालिकाले जानकारी दिएको छ । उक्त सहमति कार्यान्वयन गर्न महानगरपालिकाले १५ दिनको समय दिइएको छ ।

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले १५ दिनभित्र महानगरले पूर्वसहमति कार्यान्वयन नगरे लामेआहालमा फेरि फोहोर फाल्न रोकिने बताए । यदि सहमति कार्यान्वयनमा भए अबको एकवर्षसम्म समय थप हुन सक्ने सरोकारवालाबीच छलफलमा सहमति जुटेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

बुधबारको छलफलमा पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महाशाखा प्रमुख बिमल रञ्जन कार्की, महानगर प्रवक्ता एवं वडा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, नेपाली काँग्रेसका दिवसमान प्रधानाङ्ग, सरोकारवाला टोलका अध्यक्षहरु सहभागी थिए ।

पोखरा–३२ स्थित लामेआहालमा फोहोर बिसर्जन हुँदैआएकोमा स्थानीयले सम्झौता अवधि सकिएको भन्दै फोहोर बिसर्जन रोकेका छन् । महानगरबाट फोहोर संकलन गरेर त्यहाँ बिसर्जन गर्न गएका गाडीलाई उनीहरुले छेकेर राखेका थिए। दुई वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएसँगै पोखरा–१४, बाच्छिबुडुवाबाट ल्याण्डफिल साइट अस्थायीरुपमा पोखरा–३२, लामेआहाल सारिएको थियो ।

शुरुमा ६ महिनाका लागि स्थानीयसँग १६ बुँदे सम्झौता गरिएकोमा म्याद सकिएपछि दोस्रोपल्ट १४ बुँदे सहमति भएको थियो । उक्त म्यादसमेत २३ माघदेखि सकिएको छ ।

ल्याण्डफिल साइट प्रभावित स्थानीयले महानगरसँग पूर्व सहमति कार्यान्वयनमा जोड दिनुपर्ने अडान राख्दै आएका छन् । फोहोर फालेवापत् पोखरा ३२ वडा कार्यालयलाई बर्सेनि ५ करोड रुपैयाँ थप बजेट दिने पूर्व सहमति भए पनि २ वर्ष बितिसक्दा साढे ८ करोडमात्रै प्राप्त भएको बताइएको छ ।

पोखरामा दैनिक १५० टन जति फोहोर संकलन हुने गरेको महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले बताए । त्यसका लागि ८ कम्पनीलाई फोहोर संकलन जिम्मा दिइएको छ । दैनिक तालिका बनाएर फोहोर संकलन गरिरहेका ती कम्पनीलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको थियो ।

पोखराको फोहोर समस्या स्थायीरुपमा समाधान गर्न महानगरले वडा–३३, भरतपोखरी स्थित पुँडिटार क्षेत्रमा प्रशोधन केन्द्र निर्माणको तयारी गरेको छ । त्यसका लागि १७ जना जग्गाधनीहरुसँग ९३ रोपनी जग्गा अधिग्रहण गरेर राखिएको छ । तर, निर्माण प्रारम्भ हुन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार