मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

मर्चवार प्रेस क्लबको दोस्रो वार्षिक साधारण सभा सम्पन्न : पत्रकारितालाई समाजको पहरेदार बनाउन जोड

जैसमोहम्मद खान 76+ समाचार ( )
२८ चैत्र २०८२, शनिबार

मर्चवार । मर्चवार प्रेस क्लब, रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा सम्मरीमाई गाउँपालिका–७ स्थित बेतकुइयाँमा सम्पन्न भएको छ । वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रले समाजको पहरेदारका रूपमा काम गर्दै सार्वजनिक निकायलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले सरकार र निजी क्षेत्रका कमी–कमजोरीलाई औंल्याउँदै समाजलाई सही दिशा दिन पत्रकारले निष्पक्ष कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारको योगदानलाई राज्य र निजी क्षेत्र दुवैले सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले समाजमा राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथिको आसनबाट बोल्दै मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष एवं संस्थाका सल्लाहकार रामविकास चौधरीले पत्रकारितामा चुनौती थपिँदै गएकाले सत्यतथ्य र खोजमूलक समाचारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सूचनाको हक प्रयोग गरी सार्वजनिक निकायलाई जवाफदेही बनाउन र ओझेलमा परेका धार्मिक, पुरातात्त्विक एवं शोषित–पीडितका मुद्दालाई उजागर गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । नयाँ संस्थाका रूपमा रहेको मर्चवार प्रेस क्लबलाई थप सुदृढ र मर्यादित बनाउन सबै सदस्यहरू सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

क्लबका अध्यक्ष हृदयराम गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको प्रतिवेदन र भावी कार्यदिशाबारे चर्चा गरिएको थियो । उहाँले क्लबले पत्रकारहरूको क्षमता विकास र हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सह–सचिव सीताराम चौधरीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सुमन कुमारी कलवार र सदस्य अन्जना चौहानले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । संस्थाका सचिव मोहम्मद असल खाँले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार