मुख्य समाचार
भैरहवामा दसौँ लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा, स्थानीय उत्पादन र उद्यमशीलता प्राथमिकतामा | तीन तहका सरकारबीच समन्वय र सहकार्यबाटै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ: मुख्यमन्त्री आचार्य | भारतीय सुरक्षा टोलीद्वारा खुनुवा सीमामा नगदसहित दुई जना नियन्त्रणमा | जर्गाह युक्ति तालिम महाविद्यालयबाट १६७ प्रहरी जवान दीक्षित, डीआईजी आचार्यले भने– 'प्रहरी पेसा विशुद्ध सेवा र विशिष्ट जीवनशैली हो' | विकासका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छः मुख्यमन्त्री आचार्य | आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा | एकेडेमी क्रिकेट लिगः देवदह ५ विकेटले विजयी | भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न | रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख अर्याल भोलि आउनुहुने | मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले |

तीन तहका सरकारबीच समन्वय र सहकार्यबाटै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ: मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12737+ समाचार ( )
१३ मंगशिर २०८३, शनिबार

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप अघि बढ्नुपर्ने बताउनुभएको छ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसके नागरिकलाई सेवा प्रवाह गर्ने काममा समस्या आउन सक्ने उहाँले बताउनुभयो । तानसेन नगरपालिका कार्यालयले शनिबार आयोजना गरेको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

ऐतिहासिक तथा सांस्कृतिक नगरी तानसेनमा आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरू सहभागी हुनु महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले विभिन्न स्थानीय तहले गरेका असल अभ्यास, अनुभव र उपलब्धिबारे गहन छलफल हुने विश्वास व्यक्त गर्नुभयो । यस्ता छलफलबाट साझा निष्कर्ष निकाल्दै एकअर्काका अभ्यास र अनुभवलाई आत्मसात् गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश र स्थानीय तहबीच सहकार्यका लागि कस्ता कानुन आवश्यक छन् र ती कानुनले कसरी परिणाममुखी उपलब्धि हासिल गर्न सक्छन् भन्ने विषयमा पनि गहन छलफल हुनुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । स्थानीय तहले आफ्नो कार्यक्षेत्रमा आवश्यक कानुन निर्माण गरिसकेको भए पनि सरकारबीचको समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाउन थप छलफल तथा साझा समझदारी आवश्यक रहेको उहाँले बताउनुभयो । अन्य प्रदेश तथा पालिकाका अनुभव र सिकाइलाई आफ्नो कार्यक्षेत्रमा अनुसरण गर्न सके विकास, सुशासन र सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पर्यटकीय सम्पदा, ऐतिहासिक महत्व र सांस्कृतिक पहिचानले समृद्ध लुम्बिनी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तानसेनमा आयोजना गरिएको सिकाइ आदानप्रदान कार्यक्रम विभिन्न स्थानीय तहबीच अनुभव साझा गर्ने र सहकार्यको आधार बलियो बनाउने अवसर हुने बताउनुभयो । मंसिर १२ र १३ गते सञ्चालन हुने कार्यक्रममा  विभिन्न स्थानीय तहका सहभागीहरूबीच अन्तरपालिका सिकाइ, अनुभव आदानप्रदान र सहकार्यका विषयमा छलफल हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार