मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

Ujyalosandeshonline 11904+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते सुख्खा पहिरो गएपछि १८ परिवार त्रिपालमुनी बसिरहेका छन् । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलको पहलमा विहीबार हुम्लामा राहत सामाग्री पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरे बमोजिम सामाग्री पठाइएको गौतमले बताए । 

पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए । पहिरोबाट बिस्थापितलाई पहिलो पटक राहत सामग्री पु¥याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघ संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू बुधबार हुम्ला पु¥याइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार