मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

आर्थिक अभावमा उपचारबाट कोही पनि वञ्चित नहुने: सिद्धार्थनगर सिटी हस्पिटलमा 'सुलभ उपचार सेवा' सुरु

Ujyalosandeshonline 12537+ समाचार ( )
२० वैशाख २०८३, आइतबार

भैरहवा । रूपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालले आर्थिक रूपमा विपन्न तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै ‘सुलभ स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । यही वैशाख १६ गते बुधबारदेखि लागू भएको यस कार्यक्रममार्फत अस्पतालले अब सरकारी अस्पतालकै हाराहारीमा वा सोभन्दा पनि सस्तो शुल्कमा उपचार सेवा प्रदान गर्ने घोषणा गरेको हो ।

पैसाकै अभावमा कुनै पनि नागरिक उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ यो विशेष अभियान सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले प्रदान गर्दै आएको नियमित सेवा शुल्कमा ५० देखि ६० प्रतिशतसम्म छुट दिएर सस्तो, सहज र गुणस्तरीय उपचार सुनिश्चित गरिएको छ । विशेष गरी असहाय र सीमान्तकृत वर्गलाई लाभ पुर्‍याउने लक्ष्य राखिएको यस कार्यक्रममा विशेषज्ञ डाक्टरको परामर्श शुल्क मात्र १५० रुपैयाँ तोकिएको छ ।

अस्पतालले सार्वजनिक गरेको नयाँ सेवा शुल्कअनुसार सुलभ बेड चार्ज प्रतिदिन ५०० रुपैयाँ, आईसीयू सेवा २२०० रुपैयाँ र एनआईसीयू सेवा २००० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, टाउकोको सिटी स्क्यान ३५०० रुपैयाँ, इन्डोस्कोपी १८०० रुपैयाँ, भिडियो एक्स-रे ८०० रुपैयाँ र डिजिटल एक्स-रेको शुल्क ४०० रुपैयाँ मात्र राखिएको छ । ल्याब परीक्षण र शल्यक्रिया (अपरेसन) सेवामा समेत विशेष सुलभ दर कायम गरिएको अस्पतालले जनाएको छ । मायादेवी-८, भैरहवामा अवस्थित यस अस्पतालले सुलभ सेवा लिन चाहने बिरामीका लागि बिहान ७:३० देखि ९:३० बजेसम्म सुलभ टिकट काट्ने समय निर्धारण गरेको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पताल भए तापनि सामाजिक उत्तरदायित्व वहन गर्दै सरकारी भन्दा पनि सस्तो दरमा सेवा दिनुले यस क्षेत्रका विपन्न बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार