मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

‘चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’

Ujyalosandeshonline 12342+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

जनकपुर । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे  ।

उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए । चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन् ।

सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए । कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशका सुरक्षा निकायहरुमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए ।  

उनले सुरक्षाकर्मीहरुलाई उचित आवास र खाना खाने ठाउँसमेत राम्रो नभएका कारण समस्या भोग्नु परेको सुनाए । उनले केन्द्र सरकारले सुरक्षाकर्मीहरुलाई उचित सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।

त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी समायोजन नभएका कारण प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकिरहेको गुनासो गरे । उनले विगतमा आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएका दर्ता नभएका र मापदण्ड विपरीत अस्पतालहरु केही दिन पछि फेरि सञ्चालन गरेको पाइएको गुनासो गरेका छन् । 

गृहमन्त्री लेखकले लागु औषध, सवारी दुर्घटना, आत्यम हत्या, साइबर क्राइम जस्ता समस्यालाई समाधान गर्न आवश्यक रहेको र यसमा प्रदेशका सम्पूर्ण सुरक्षा निकायले सक्रियताका साथ लाग्नुपर्ने धारणा राखे  । गोष्ठीमा मधेश प्रदेशका ८ वटै जिल्लाका सम्पूर्ण सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिीति रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार