मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पोखरा सडक महोत्सव : ३५ हजारले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोबार

Ujyalosandeshonline 12614+ समाचार ( )
१ माघ २०८०, सोमबार

पोखरा । पोखराको अमरसिंह मैदानमा जारी पोखरा सडक महोत्सव अवलोकन गर्न दर्शकको भीड लागेको छ ।

आयोजकका अनुसार महोत्सवको पाँचौ दिन सोमबार मात्रै ३५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । एकै दिन १ करोड १५ लाख बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमितिका संयोजक सूर्यबहादुर बानियाँले बताए ।

महोत्सवमा याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोसाक लगाइ तस्वीर खिचाउने दर्शकको भीड लागेको छ ।

महोत्सवमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितासमेत सुरु भएको छ । सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको सांगीतिक प्रस्तुतिमा दर्शकले मनोरन्जन लिए ।

राजु र सिम्रनसँगै प्रजापति पराजुली, जीवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जीवन सिग्देल, दीपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगायतले सांगीतिक प्रस्तुति दिएका छन् । साँझको लाइभ ब्याण्डतर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुतिमा युवा दर्शक झुमेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार