मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

गाउँब्लक जग्गाको समस्या समाधानको मागगर्दै लहानमा मसाल जुलुस प्रदर्शन

Ujyalosandeshonline 11304+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

सिरहा । सिरहाको लहानमा गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न मागगर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । सैयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोण सभामा परिणतभएको छ । उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र अध्यावधिक गर्न माग गरेका छन् । 

संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौं नगरवासीहरु ५० वर्ष भन्दापहिलेदेखि पीडामा परेको उनको भनाइ छ । 

यहाँ वर्षौं देखि बसोबास गरेका स्थानीयहरुको केही जग्गा गाउँब्लकमा छ । जसमा घरहरु छ । केहीलाई निस्सा वितरण गरिएको छ । लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंक राखेर आफ्नो काम गर्न पाएको छैन,’संयोजक केसीले भने,सबै समस्या समाधान नभए सम्म हामी आन्दोलन रोक्दैनौँ । करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको उनले सुनाए । 

मालपोत र नापी कार्यालयको ढिला सुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहाननगर सभापति संजय यादवको भनाइ छ । हामी सबै पार्टीका राजनीति दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलन लाई समर्थन गरेको उनले बताए । मेरो वडाको केही मानिसहरुको गाउँ ब्लक जग्गामा घर हुदाँउहाँहरु पीडामा देखेर आफु पनि आन्दोलनमा समर्थन गरेको लहान–६ का वडाअध्यक्ष रमेश गौतले बताए ।  

गाउँ ब्लक जग्गा फुकुवा नहुदाँ नगरवासी समस्या छ । हामीले पटक पटक पहल गर्दा पनि दुर्त गतिमा काम नभएर समाधान हुन पाएको छैन, लहान नगर पालिका का नगर प्रमुख महेश चौधरीले भने, झनगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ । मालपोत र नापी कार्यालयले यस माध्यानपुगाउनु पर्छ । यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार