मुख्य समाचार
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना |

ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता :
ओजस र चन्द्रदिप विजयी

Ujyalosandeshonline 12551+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

भैरहवा । लुम्बिनीको पडरियामा जारी ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलबार सम्पन्न खेलमा ओजस र चन्द्रदीप क्रिकेट क्लब विजयी भएका छन् । 

पडरिया खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मर्चवार स्टारले निर्धारित १५ ओभर खेल्न सकेन् । १२ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाउदै मर्चवार १०९ रनमा समेटिएको थियो । उसका लागि दुर्गेश यादवले सर्वाधिक ३० रन बनाउदा परवेज खानले १९ र बिरेन्द्र सहानी तथा फैसल खाँनले समान १४ रनको योगदान गरे । बलिङमा ओजसका दिपेन्द्र र सद्दामले समान ३÷३ विकेट तथा मनोजले २ विकेट लिए । 

११० रनको सहज लक्ष्य ओजसले ९ दशमलव ४ ओभरमा मात्र २ विकेटको क्षतिमा हासिल ग¥यो । ओजसका लागि सुरजले अविजित अर्धशतकिय पारी खेले उनले मात्र ३० बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै दिपेन्द्रले २७ रन मनोजले १८ रनको ब्यक्तिगत योगदान दिए । बलिङ्गमा मर्चवारका जनार्दन यादव र ईरसाद खाँनले समान १÷१ विकेट लिए । 

मंगलबार नै सम्पन्न भएको दोश्रो खेलमा चन्द्रदीपले खलिलाबादलाई ५९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको चन्द्रदीपले निर्धारित १५ ओभर पुरा खेल्दै ५ विकेटको क्षतिमा १९७ रनको बिशाल योगफल तयार गरेको थियो । चन्द्रदीपका ब्याटर मोहसिन खाँनले बिष्फोटक ब्याटिङ गरे । उनले मात्र ३८ बलको सामना गर्दै ११ छक्का र ३ चौकाको सहयोगमा ९० रन बनाए । यस्तै अर्का ब्याटर जावेदले पनि मोहसिनलाई साथ दिदै ७२ रन बनाए । ३९ बलको सामना गर्दै जावेदले ४ छक्का र ९ चौका प्रहार गरे । सोही टोलीका अर्का ब्याटर अहमदले २५ रन बनाए । बलिङमा खलिलाबादका हनुमान एक्लैले ४ विकेट लिए । 

१९८ को लक्ष्य लिई मैदान प्रवेश गरेको खलिलाबादको टोली ११ दशमलव ५ ओभरमा आफ्ना सबै विकेट गुमाई १३८ रनमै समेटिएको थियो । उसका लागि ललित र करनले समान ३३÷३३ रन तथा अंकितले ३२ रनको योगदान गरे । 

बलिङमा चन्द्रदीपका तस्लिम ४ विकेट, मनोहर र मुनिजरले समान २÷२ विकेट लिए । ९० रन प्रहार गरेका चन्द्रदीपका मोहसिन खाँन सो खेलको म्यान अफ द म्याच घोषित भए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार