मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

नेपाल प्रहरीको ३१औं आईजीपी बने दीपक थापा

Ujyalosandeshonline 12545+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

भैरहवा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापालाई नियुक्त गरिएको छ। ३० वर्षे सेवा अवधिका कारण आईजीपी बसन्त बहादुर कुँवर अनिवार्य अवकाशमा जान लागेपछि (आज राती १२ बजेबाट) सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई ३१औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

आईजीपीका लागि थापासहित एआईजी सुदीप गिरी र टेकबहादुर तामाङबीच प्रतिस्पर्धा थियो । एकै ब्याचमा भर्ना भए पनि गिरी र तामाङ भन्दा थापा पहिल्यै बढुवा भएकाले एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए। ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्‌मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।

थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुखको रुपमा कार्यरत छन्। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा प्रमुख छन् । आईजी नियुक्तसँगै एआईजी र डीआईजी बढुवाको बाटो खुलेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार