मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

खुदरा किराना व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्व चयन, गोपालकुमार प्रधान अध्यक्ष

Ujyalosandeshonline 12334+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

बुटवल । बुटवलमा सम्पन्न खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वितीय उपाध्यक्षमा टिकाराम शर्मा पौडेल, महासचिवमा यमलाल बेलबासे लगायतका पदाधिकारी र सदस्यहरुलाई सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष प्रधानले व्यवसायीको हकहितमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साना व्यवसायीको हितमा उपमहानगरपालिका सधैं साथमा रहेको बताउँदै अवैध व्यवसायलाई निरुत्साहित गरिने जानकारी दिए। उनले व्यवसायीलाई आफ्ना समस्या र योजना लिएर उपमहानगरमा आउन आग्रह गरे।

संघका अध्यक्ष महेन्द्रप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएका थिए। सल्लाहकार कृष्णप्रसाद पाण्डेले खुला सिमाना, दर्ता तथा अनुमतिबिना सञ्चालन हुने हाटबजार र ठेला व्यवसायले खुद्रा व्यवसायीलाई चुनौती सिर्जना गरेको बताए। उनले म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री नियन्त्रणका लागि सरकारी अनुगमनमा कडाइको माग गरे।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा संघका उत्कृष्ट सदस्य, पत्रकार तथा एसईई र प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीहरुलाई सम्मान गरियो। संघमा हाल १ हजार २५० व्यवसायी आबद्ध छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार