खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक

Ujyalosandeshonline 2372+ समाचार ( )
१३ मंगशिर २०८०, बुधवार

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण सम्बन्धी व्यवस्थाको परीक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ । 

समितिले ऐनमा उल्लिखित दफा कार्यान्वयनको अवस्था र प्रभाव  लगायतका विषयको अध्ययन गर तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । 

जलवायु परिवर्तनबाट खाद्य उत्पादनमा पर्नसक्ने प्रभाव र त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक सुझाव प्रतिवेदनमा छ। जलवायु परिवर्तनले खाद्यान्नमा परेको असरहरुबारे सरकार गम्भीर हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

जलवायु परिवर्तनको असरबारे किसानलाई जानकारी गराउन सरकारलाई सुझाव दिइएको छ । त्यस्तै, स्थानीय तहमै बिउबीजन बैंक स्थापना गर्नुपर्ने, कृषि उपजको क्षेत्रको थप विकासका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव पनि छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार