मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह

Ujyalosandeshonline 12612+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हडपेको ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ । 

वडा नं. ४ स्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जनाविरुद्धको मुद्दामा गत बिहीबार फैसला गर्दै सो जग्गा जफत गर्ने निर्णय सुनाएको थियो । महानगरपालिकाले अदालतले जफत गरेको सो जग्गा संरक्षणको जिम्मा कानूनबमोजिम स्थानीय तहको हुने भन्दै ७ दिनको अल्टिमेटम दिएर खाली गर्न र सरकारी सम्पत्ति संरक्षणका लागि सहयोग गर्न आग्रह गरेको हो । 

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मतसम्भार तथा अन्य प्रबन्ध गर्नुपनेृ कानूनी दायित्व महानगरपालिकालाई तोकेको छ,’ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘विशेष अदालत काठमाडौंको उक्त फैसलाबाट जफत भएको वडा नं. ४ स्थित ललितानिवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

महानगरपालिकाले त्यस क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सो क्षेत्रबाट हटेर सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्न सहयोग गर्न आह्वान गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार