मुख्य समाचार
सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो | ‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’ | सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की | सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत | साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज | कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा |

देवदहमा महिला हिंसा विरुद्ध सचेतना तथा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12122+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

देवदह । देवदह-११, कदमीपुरमा दुर्गा ज्योति महिला समूहको आयोजनामा एक दिने नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण तथा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । टेवा अनुदान नेपालको सहकार्यमा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य पिछडिएका महिलाहरूलाई आफूमाथि हुने अन्याय विरुद्ध लड्न सक्ने बनाउनु र कानुनी उपचारका बारेमा जानकारी गराउनु थियो ।

कार्यक्रममा महिलाहरूको सहभागी थिए । प्रशिक्षण शम्भु हरिजनले दिनुभएको थियो। उहाँले महिला हिंसाका विभिन्न स्वरूप, यसका कारणहरू, र यसबाट बच्ने तथा न्यायिक उपचार प्राप्त गर्ने उपायहरूका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्त फलदायी रहेको र आफूहरूलाई सशक्त महसुस भएको बताएका छन् ।

कार्यक्रमको सञ्चालन दुर्गा ज्योति महिला समूहकी सचिव दीपा चौधरीले गर्नुभएको थियो। देवदह-११ का वडा अध्यक्ष दुधनाथ यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रमले स्थानीय महिलाहरूमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रमको मुख्य लक्ष्य महिलाहरूलाई आफ्ना अधिकारबारे सचेत गराउँदै आत्मनिर्भर र सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ । भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता समूहले व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार