मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

नौ वटा सहकारीबाट गोर्खा मिडियामा गएको रकमको माग गर्ने छानबिन समितिको निर्णय

Ujyalosandeshonline 12208+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौं । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय विषेश समितिले जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ । 

बुधबार बसेको संसदीय बिषेश छानविन समितिको बैठकले कार्यादेशमा उल्लेखित अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात मगाउने निर्णय गरेको समितिका संयोजक सुर्य थापाले जानकारी दिए । 

उनले भने, ’ विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा गएको प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित नौं वटा सहकारीको कागजात मगाउने निर्णय गरेका छौं । यसअघि गठन भएका सहकारी सम्बन्धि छानबिन समिति भएका समितिहरुले गरेको अनुसन्धान प्रतिवेदन, आयोग, समिति र जाँचबुझ आयोग लगायतको प्रतिवेदन हामीले यसअघिका बैठकहरुबाट प्राप्त गर्नेगरी निर्णय गरेका थियौं । ती प्रतिवेदनहरु प्राप्त भएका छन् । समितिका सदस्यहरुले ती प्रतिवेदनहरुको अध्ययन गरिरहनुभएको छ ।’ 

समितिले गोरखा मिडयामा रकम अपचलन भएका भनिएका सहकारीहरू आइडियल यमुना बहुउद्देश्यी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बच तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सु्रम बच तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बच तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत ता ऋण सहकारीसँग कागजात झिकाउने निर्णय गरेको थापाले बताए । 

उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै सबुत, प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान समेत गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार