मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ललितपुरमा ‘घर घरमा नगर प्रहरी’ अभियान शुभारम्भ

Ujyalosandeshonline 11768+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् ।

विहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाई गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि ललितपुर महानगरपालिकाले कार्यक्रम ल्याएको बताए ।

उनले भने, ‘यो कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा यसबाट मेयर मात्र होइन वडा अध्यक्ष, सदस्यहरुलाई अभियानले धेरै नै सहयोग प्राप्त हुनेछ भन्ने आश गरेको छु । यो कार्यक्रम भव्यताकासाथ सफल हुन्छ । यसले नगरपालिका र नगरबासीको बीचमा सेतुको काम गर्नेछ । यसबाट दुइपक्षीय संवाद् हुन्छ । नगरबासीहरुको सुख, दुख र पीर आदिको बारेमा महानगरपालिका र जनप्रतिनिधिहरु सुचित हुने मौका पाउनेछ ।’

यसको साथै उनले अभियानको बारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिंदै अभियानले सेवा चुस्त र दुरुस्त हुने बताए ।  

उनले भने, ‘यसबारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग पनि हामी समन्वय गरेर हामी अगाडि बढ्छौ । जसले गर्दा हाम्रो सेवा चुस्त र दुरुस्त हुने नै छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार