मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

नवलपरासीमा औद्योगिक आकर्षण बढ्दै, साना उद्योगलाई चुनौती

Ujyalosandeshonline 12545+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

परासी । नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले जिल्लामा सहज र सुविधायुक्त औद्योगिक वातावरणका कारण उद्योगीहरूको आकर्षण बढेको बताउनुभएको छ । परासी प्रेस क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अग्रहरीले नवलपरासी पूर्वपश्चिम राजमार्गसँग जोडिएको, पर्याप्त जग्गा उपलब्ध भएको, भन्सार र विद्युत सुविधा तथा सस्तो जग्गा मूल्यका कारण लगानीका लागि आकर्षक गन्तव्य बनेको उल्लेख गर्नुभयो।

जिल्लामा बहुराष्ट्रिय ठूला तथा मझौला उद्योगहरूको स्थापना बढ्दै गएको र यसले ९० प्रतिशत स्थानीयलाई रोजगारी दिएको उहाँको दाबी छ। औद्योगिक हबका रूपमा विकसित हुँदै गएको नवलपरासीमा उद्योग सञ्चालनलाई सहज बनाउन उद्योग वाणिज्य संघले पहल गरिरहेको अग्रहरीले बताउनुभयो।

यद्यपि, ठूला उद्योगहरू खुल्ने क्रम बढ्दै जाँदा घरेलु तथा साना उद्योगहरू भने बन्द हुने अवस्थामा पुगेका छन्। कोभिड महामारीपछिको आर्थिक मन्दी र बैंकको चर्को ब्याजदर (१८ प्रतिशतसम्म) का कारण साना उद्योगहरू मारमा परेको उहाँले औंल्याउनुभयो। अग्रहरीले ब्याज घटाएर थप कर्जा उपलब्ध गराई साना उद्योगहरूलाई सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग उद्योग वाणिज्य संघले पहल गरिरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार