मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

अर्घाखाँचीको मौलिक सराएँ नाचले दसैँको रौनक बढायो, सांस्कृतिक सद्भाव कायम

अनिल नेपाली 141+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

अर्घाखाँची । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म अर्घाखाँचीका कोट तथा शक्तिपीठहरूमा प्रदर्शन गरिने मौलिक 'सराएँ नाच' ले यस वर्षको बडादसैँको रौनक थपेको छ । विशेषगरी सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घा भगवती कालिका मन्दिरमा पूर्णिमाका दिन लाग्ने ऐतिहासिक सराएँ नाचमा महिला र पुरुषहरूले तरबार, खुँडा, खुकुरी लिई 'वाखै भाइ हो ह..' भन्दै नाच्छन् ।

यो नाचले हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना गर्नुका साथै सबै समुदायबीच धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न मद्दत पुर्‍याउँछ। सराएँ महिला, पुरुष मात्र नभई सबै जातजाति एकै ठाउँमा मिलेर नाच्ने नाच हो। चैते दसैँमा पनि केही ठाउँमा यो नाच नाचिन्छ।

अर्घाको अर्घा भगवती मन्दिरमा सराएँ नाच, पूर्णिमा मेलासहित फूलपाती विसर्जन गरिएपछि यस वर्षको दसैँ समापन भएको अर्घा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले जानकारी दिए। पञ्चेबाजाको तालमा तरबार, खुँडा, खुकुरी र देवीहरूको प्रतीक 'आलम' सहित नाचिने यस नाचले देवी खुसी हुने जनविश्वास छ।

अर्घाखाँचीबाट बसाइसराइ गरी रुपन्देही र कपिलवस्तु गएकाहरूले पनि सराएँ नाचलाई निरन्तरता दिँदै यसको विस्तार गरिरहेका छन्, जसले सांस्कृतिक र धार्मिक जगेर्नामा सहयोग पुगेको अध्यक्ष भुसालले बताए। सन्धिखर्क नगरपालिका वडा नं. ९ का अध्यक्ष पदम बहादुर भुसालले मन्दिरको व्यवस्थापन र पर्यटक तथा दर्शनार्थी भित्र्याउनका लागि भौतिक संरचना निर्माणमा आफू गम्भीर भएर लागेको र धेरै संरचना निर्माण भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार