मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक : महानिर्देशक भट्टराई

Ujyalosandeshonline 12456+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो । 

छलफलमा भाग लिँदै भन्सार विभागका महानिर्देशक महेश भट्टराईले दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्ने भन्दै यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यक रहेको बताए । भन्सार प्रशासनलाई आधुनिक बनाउन निरन्तर लागि परेको पनि उनले बताए । 

उनले भने,‘ अबको आधुनिक भन्सार प्रशासन भनेको दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स यी तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्छ यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने छ । आधुनिक प्रविधिको स्थापना र प्रयोग गर्नुपर्ने छ । यसको लागि हामी निरन्तर लागेको छौं ।’

त्यस्तै उनले नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई नै मान्यता दिएको पनि जानकारी गराए । उनले भने,‘आयात हुने वस्तुको गुणस्तर परीक्षण गर्नको लागि भन्सार विभागमा एउटा ल्याब छ । प्रमुख भन्सार नाकाहरुमा पनि सानो ल्याब छ । नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई हामीले मान्यता दिएका छौं । यी ल्याबले प्रमाणित गरेको चीजहरुलाई हामी आयात गर्न अनुमति दिन्छौ ।’

त्यस्तै कानुन मन्त्रालयका सह सचिव होमबहार केसीले भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या नरहेको बताए । उनले भने,‘भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या छैन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार