मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

वाह प्रतापपुर ! गाउँपालिकाले नै तिर्दिने भयो जनताको बिजुली बिल र उद्योगको कर

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ असार २०८३, आइतबार

नवलपरासी । केन्द्र सरकारले विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरिरहँदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले भने स्थानीय नागरिकलाई प्रत्यक्ष राहत दिने गरी लोकप्रिय कार्यक्रम ल्याएको छ । गाउँपालिकाको पालिका सभाले आगामी आर्थिक वर्ष २०८३-८४ देखि लागू हुने गरी २० युनिटसम्मको घरेलु विद्युत महसुल र कृषि प्रयोजनका लागि राखिएका मिटरको सम्पूर्ण बिल पालिका आफैँले बेहोर्ने प्रस्ताव पारित गरेको हो।

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार यो योजना विशेष गरी पालिकाभित्रका अति विपन्न तथा न्यून आय भएका बासिन्दाहरूलाई लक्षित गरेर ल्याइएको हो, जसले घरेलु प्रयोजनको लागि न्यूनतम विद्युत उपयोग गरेर पनि महसुल तिर्न सकिरहेका छैनन् । सर्वसाधारणको घरेलु विद्युतमा मात्र नभई स्थानीय किसान र उद्यमीहरूलाई समेत विशेष सहुलियत दिँदै गाउँपालिकाले सिँचाइका लागि प्रयोग गरिएका विद्युत मिटरको सबै बिल आफैँले व्यहोर्ने निर्णय गरेको छ।

यस कदमले कृषि उत्पादन बढाउन र किसानको लागत घटाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ। यसका साथै, गाउँपालिका क्षेत्रभित्र ठूला उद्योगहरूलाई आकर्षित गर्न र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना भएको पहिलो ५ वर्षसम्म लाग्ने सम्पूर्ण स्थानीय कर पूर्ण रूपमा छुट दिने महत्त्वपूर्ण निर्णय समेत प्रतापपुर गाउँपालिकाले गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार