मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं ।  राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् ।

मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका सांसद हुन् । सभामा ५६ सांसद उपस्थित थिए । उनलाई एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

यस्तै, प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा पराजित भएका छन् ।  शर्माको पक्षमा जम्मा १७ मत खसेको राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले सुनाइन् । शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।

तर, शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नै सभाले निर्वाचन पूर्व नै अस्वीकृत गरेको थियो । मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपनि उनको नाम अस्वीकृत भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार