मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्री असन्तुष्ट

Ujyalosandeshonline 12461+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रुपमा परिणाम आउन नसकेको बताए । ‘जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन् । कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन, । त्यसैले यसलाई परिणाममुखी बनाउन यसको ढाँँचा परिवर्तन गर्न आवश्यक छ,’ उनले भने । 

त्यस्तै, मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । ‘भनिन्छ डक्टरको व्यवहारले विरामीको आधा रोग निको हुन्छ, त्यसैगरी तपाईहरुको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस, उर्जा मिलोस,’उनले भने । 

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफनो जिम्मेवारी पुरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गरे । 

समापन कार्यक्रममा मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पन्चमाया योन्जनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गरेको चार दिने कार्यक्रमले उत्साह थपेको बताइन । मन्त्रालयले आयोजना गरेको क्षमता अभिवृद्धि तालिममा नौ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १४२ जनाको उपस्थिती थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार