मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा

Ujyalosandeshonline 11005+ समाचार ( )
४ अशोज २०८२, शनिबार

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाको योगदान गर्न उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलबभत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो । गाउँपालिकाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तीन (३) दिनको तलब बराबर र जनप्रतिनिधिहरूको छ (६) दिनको तलबभत्ता बराबरको रकम कट्टा गरी ११ लाख ४३ हजार २९७ रुपैयाँ जम्मा कोषमा जम्मा गरिनेछ ।

जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको पुनःनिर्माणमा सहयोग पु¥याउन गाउँपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । ‘सहानुभुति र सहयोगका भावनाबाट प्रेरित भई, गाउँपालिकाको परिवारले साझा जिम्मेवारी स्वरूप यो योगदान दिएको छ’ उनले  भने ।

जनताको मर्म बुझ्ने, जनताका सुख–दुखमा साथ दिने र समाधानमुखी प्रशासनिक व्यवस्था स्थापनाका लागि गरिएको प्रतिबद्धता अनुरुप पुर्ननिर्माणमा सहभागि हुने निर्णय गरिएको शाहीले बताए । बैठकले मृतकलाई श्रद्धाञ्जली र परिवारमा समेवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार