मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

Ujyalosandeshonline 12696+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

जुम्ला । जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।

उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताउनुभयो । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता भई कतिपय योजनाको काम अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय योजनाको काम सम्पन्न भई मूल्याङ्कन गर्न मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

हालसङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाभित्रका पाँचवटा सडकको ठेक्काबाट काम भइरहेको छ । गाउँपालिका–१ स्थित सेरीबजार रारा गाउँ हुँदै बासथाप्लासम्म सडक स्तरोन्नतिका लागि रु ४७ लाख नौ हजारको बोलपत्रबाट काम भइरहेको छ । वडा नंं ३ को कुडारी काटेपुलदेखी–लौरुसम्म ग्रामीण कृषि सडक निर्माणका लागि २३ लाख ३१ हजारमा गत असोज १० गते बोलपत्र आह्वान भई काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र साउदले जानकारी दिनुभयो ।

पालिकाको वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडक निर्माणअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोटसम्म सडक स्तरोन्नतिका लागि एक करोड ५९ लाख ७१ हजारमा ठेक्का आह्वान भई काम जारी  छ । सोही वडाअन्तर्गत मानेचौरदेखि–राँसा हुँदै चयापाटनसम्म सडक स्तरोन्नति लागि रु ९७ लाख ३२ हजार र वडा नंं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्म सडक स्तरोन्नति लागि रु ८९ लाख २९ हजार र गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन निर्माणका लागि रु एक करोड ३६ लाख ३१ हजारमा गत असोज १२ गते एकै प्याकेजमा ठेक्का आह्वान भएको इन्जिनियर साउदले जानकारी दिनुभयो ।

यसैगरी, चायापाटादेखि खोप्रीगाउँसम्म हरियाली सडक स्तरोन्नति, पातरसागुदेखि लाटिका थानसम्म सडक स्तरोन्नति, घोडेसिम हरियाली सडक निर्माण तथा स्तरोन्नति र सापुल्लीगाउँखोला व्यवस्थापना तटबन्धन योजना निर्माणको बोलपत्र भई काम भइरहेको गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाको भनाइ छ । गाउँपालिका– ५ स्थित डुग्री गाउँमा रहेको भुवानी आवि विद्यालयको पक्की भवन निर्माण र दानिवाडा खानेपानी आयोजना निर्माणको कामको समेत ठेक्का भएको तिलागाउँपालिकाले जनाएको छ । 

योजना शाखाका प्रमुख थापाका अनुसार उपभोक्ता समितिबाट निर्माण हुने करिब १२५ वटा योजनामध्ये हालसम्म १५ वटा मात्र योजनाको सम्झौता भई काम अगाडि बढेको छ । बाँकी योजनाको सम्झौताको काम भइरहेको छ । यी सबै योजना चालु आवभित्रै सम्पन्न हुने गरी काम भइरहेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा ठेक्काबाट सञ्चालन भएका योजना र उपझोक्ताबाट काम सम्पन्न भएका योजनाको भुक्तानी प्रक्रियाको कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । तीन महिनाअघि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि अर्को प्रमुख प्रशासीय अधिकृत नआइसकेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार